Video
श्रीमतीलाई परपुरुषसंग देखेपछि बिरक्तिए अभिनेता दिलिप रायमाझी
काठमाडौं । अभिनेता दीलिप रायमाझी अभिनित ‘लाख बिन्ति’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशन रहेको भिडियोमा दीलिपको अलवा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाको समेत अभिनय रहेको छ ।
रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारीको निर्माणमा तयार भएको हो । हेर्नुस् भिडियो ।
चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको भिडियोमा रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उताव–चढावलाई प्रस्तुत गरिएको छ ।