vada
Video

नायीका शुष्मा कार्कीको ‘बबाल आइटम डान्स’ सार्वजनिक (भिडियो हेर्नुस्)

काठमाडौ । संधै विवादमा आइरहने नायीका शुष्मा कार्की एक आयटम गीतमा बबाल डान्स गरेको भिडियो सार्वजनिक भएको छ । ठुलो बजेट, मल्टीस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्यु लागायतका कारण चर्चा पाएको फिल्म एउटा यस्तो प्रेम कहानी मा बवाल डान्स गरेको भिडियो सार्वजनिक भएको हो ।

झन्डै बर्ष दिन अगाडी बनेको यो फिल्म अहिले रिलिज गर्ने तयारी गरेका छन् । कोरोना जोखिमका कारण अन्य फिल्मले रिलिज गर्न डराईरहेका बेलामा यो फिल्म रिलिजको तयारी भएको हो ।

यसै बर्ष जाडोमा फिल्म रिलिज गरिने बताउँदै कठ्याङ्ग्रीदो माहोलमा फिल्मको आइटम सङ ‘हलाल’ रिलिज गरिएको छ। फिल्म लुटबाट आइटम गर्लको छवि बनाएकी उनले यो गीतमा पनि बबाल डान्स गरेकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिबि थापाको शब्द रहेको आइटम गीतलाई गायिका मिना निरौलाको स्वरले न्याय गरेको छ।अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह(निर्माताहरु हुन्।

Related Articles

Back to top button