News

खासाको केरुङ च्छो ताल भरियो, भोटेकोशी किनारका नागरिकमा त्रास

साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउने निर्नेशन दिएको हो ।

प्रशासनले सोमबार सूचना जारी गर्दै पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आई नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै सतर्क रहन सचेत गराएको हो ।

भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका नागरिकलाई प्रशासनले पूर्वतयारीमा लाग्न प्रशासनले सूचना जारी गरेको छ ।

अतिजोखिम रहेका भोटेकोशी किनारका नागरिकलाई उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला व्यवस्थापन समितिलाई प्रशासनले निर्देशनसमेत दिएको छ ।

Related Articles

Back to top button
Close