News
आज कति छ सुनको भाउ ?
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको जानकारी दिएको छ । अघिल्लो दिन पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार, आइतवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।