News

तत्काल युरिया मल आपूर्ती हुन नसक्ने, ओमानबाट खरिद भएकाे मल भारतमा ४ महिना राेकियाे

काठमाडौं, ०१ भदौ । देशभर युरिया मलको अभाव भएको बेला तत्काल किसानहरुलाई आपूर्ती हुन नसक्ने भएको छ । लामो समयअघिबाट भारतको गुजरातमा अल्झिएको युरिया मल १४ दिनअघि कोलकत्ता आइपुगेको छ । त्यहाँबाट नेपाल आइपुग्न अझै कम्तिमा २ दिन लाग्ने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गुजरातको काण्डला बन्दरगाहमा चाचर महिना अल्झिएको थियो ।

सरकारले २१ हजार ५ सय मेट्रिक टन खरिद गरेको युरियामध्ये २ सय ५० मेट्रिक टन आज विराटनगर आइपुुगेको बताइएको छ । नेपालभर धानबालीका लागि मात्रै अहिले ३० हजार मेट्रिक टन युरिया चाहिएकोमा माग भन्दा कम युरिया खरिद भएको हो। साल्ट ट्रेडिङलेलकडाउन अघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको युरिया मल बन्दाबन्दीकै कारण गुजरातको कान्डलामा आएपछि अलपत्र परेको थियो ।

धान रोपाइँ सकिएसँगै कृषकलाई अहिले युरिया मलकाे खाेजीमा छन् । तर, रासायनिक मल विक्री वितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा युरिया मलको मौज्दात लगभग सकिएको छ । दुवै कम्पनीसँग अहिले डीएपी १८ हजार मेट्रिक टन र पोटास २ हजार ६ सय मेट्रिक टन मात्रै मौज्दात रहेको छ ।

Related Articles

Back to top button
Close