vada
News

कुकुरको घाँटीमा प्रधानमन्त्री ओलीको फोटो राखेर प्रदर्शन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ। असंवैधानिक रूपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेपछि विरोध भएको हो। शनिबार दोलखामा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले कुकुरको घाँटीमा प्रधामन्त्री ओलीको तस्बिर राखेर प्रदर्शन गरेका छन्। प्रदर्शन गरेको केहीबेरमै प्रहरीले सो तस्बिर खोसेको थियो।चरिकोट बजारमा युवाहरूले कुकुरसहित प्रदर्शन गरेका हुन्। गल्लीबाट उनीहरू कुकुर लिएर बजारतर्फ पसेका थिए।

यसरी घाँटीमा डोरीले बाँधेर कुकुरलाई सास्ती दिएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। प्रहरीका अनुसार विरोध गर्ने क्रममा भइरहेको आन्दोलनमा यस्तो दृश्य देखिएको हो। ती युवाहरू नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालनिकट थिए।

Related Articles

Back to top button