vada
News

तीन महिना अघि विवाह बन्धनमा बाँधिएका अनीशलाई ससुरालीले बोलाए, त्यसपछि ….

एजेन्सी । तीन महिना अघि विवाह गरेका ज्वाईलाई घरमा बोलाएर ससुराली परिवारले ज्या न लि’ए’का छन् । यो घटना भारतको हो । त्यहाँ केरलाको पलक्कड जिल्लामा २७ बर्षे एक युवक माथि यस्तो घटना भएको हो ।

ती युवकको नाम अनीश बताइएको छ । उनले तीन महिना अघि प्रेम बिहे गरेका थिए । पुलिसका अनुसार ससुरालीले आफ्नो इज्जत जोगाउन ज्वाईँ माथि षडयन्त्र गरेका थिए ।.

आजतकमा छापिएको समाचार अनुसार, अनीशको सासु, ससुरा र काका ससुराले मिलेर घटना गराएका हुन् । यो सम्पूर्ण घटना थाँकुरुसीको हो । यस घटनामा उनकी पत्नीका बुबा प्रभुकुमार र काका सुरेशलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनीश लामो समयदेखि एउटी केटीसँग नजिक थिए । केटी धनी परिवारको हो । दुबैले तीन महिना अघि विवाह गरेका थिए, जबकि केटीका बाबुआमाले यो बिहेलाई निरन्तर विरोध गरिरहेका थिए ।

अनिशकी पत्नीका बुबा प्रभुकुमार र काका सुरेशलाई हाल प्रहरीले कारवाही सुरु गरेको छ । प्रहरीका अनुसार प्रत्यक्षदर्शीले प्रभुकुमार र काका सुरेशलाई यस घटनामा जिम्मेवार बताएको आजतकले लेखेको छ ।

Related Articles

Back to top button