vada
News

भोलिदेखी सिनेमा हल खुल्दै, भावुक हुँदै यसो भनिन् केकी अधिकारीले

काठमाडौं -९ महिनादेखी बन्द भएका सिनेमा हलहरु शुक्रबारदेखी खुल्दैछन् । सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा लागेका छन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन् ।

लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताइएको छ ।

यस्तै शुक्रबारदेखी हल खुल्ने भएपछि चर्चित अभिनेत्री केकी अधिकारी पनि खुँसी भएकी छिन् । हल खुल्न लाग्दा उनी खुशी मात्र नभई भावुक पनि भएकी छिन् । शुक्रबारदेखी हल खुल्ने भएपछि केकीले सामाजिक सञ्जालमार्फत आफु भावुक भएको बताएकी छिन् । उनले चलचित्र भवनहरु खुल्दा थोरै भावुक र पुलकित भएको बताएकी छिन् ।

उनले भनेकी छिन् – चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो। मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल थलो धेरै समय देखि बन्द थियो। यो शुक्रबार पौष १० गते देखि चलचित्र भवनहरु खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु।

जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु। त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डूबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु।

चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ।

दूई नेपाली चलचित्रहरु #आमा र #सेन्टिभाईरस पुन प्रदर्शन हुँदैछ। सबैले सक्दो सहयोग गरिदिनुहोला।टीका लगाएर दिन या नदिन सकून्

Related Articles

Back to top button