vada
News

बामदेवको कुरा सुनेर माधव प्रचण्ड चकित, आफ्नो कित्ता बारे यसो भने बामदेवले

हुन लागेको तर दुई चिरा भै नसकेको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी नेकपा । र, अहिलेृसक्मका यसका उपाध्यक्ष वामदेव गौतम नै छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधव प्रचण्ड गुट अलग हुने बित्तिकै सबैले आफ्नो कित्ता अलग गरिसके ।

बामदेव भने अहिलेसम्म मौन छन् । दुबै पक्षका दूतहरु बामदेव भेट्न र फकाउन ब्यस्त छन् । यसैबिच माधव प्रचण्ड समुहले बामदेवलाई आफू तर्फ ल्याउने प्रयास गरेको छ ।

मंगलबार बिहान उनकै निवास भैंसेपार्टी पुगेका नेकपा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उपाध्यक्ष गौतमले आफू केही समय कुनै पनि पक्षमा नलाग्ने बताएका छन् ।

भैंसेपाटी श्रोतका अनुसार तीन नेताहरुले आफूहरु पनि एकताकै पक्षमा भएको बताउँदै आजको केन्द्रीय समिति बैठकमा आउनका लागि गौतमलाई अनुरोध गरेका थिए । तर बामदेव भने मानेनन् ।

‘दुवै गुटको भेलामा सहभागी नभएका बामदेव गौत्म अहिले पर्ख र हेरको अवस्थामा छन् । कता लाग्दा ठीक होला भन्ने बामदेवले निर्णय गर्न सकेका छैनन् ।

उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।

Related Articles

Back to top button