vada
News

लामो समयपश्चात् ‘छक्का पन्जा-३’ आज युट्युबमा सार्बजनिक

दिपक-दिपाको समुहको फिल्म सबै ब्लकबस्टर छ । छक्का पन्जाको सबै सिरिजले सिनेदर्शक माझ राम्रो प्रतिक्रिया सहित रेकर्ड ब्रेक समेत गर्न सफल भएको यथार्थ छ । यता ‘छक्का पन्जा-३’ युट्युबमा यति लामो समयसम्म पनि नआउदा भने दर्शक रुष्ट छन् ।

अब भने दर्शकको त्यो प्रतीक्षाको घडी समाप्त हुने भएको छ । फिल्मका निर्माता तथा कलाकार दिपक राज गिरिले फिल्म आज युट्युबमा सार्बजनिक हुने जानकारी गराएका छन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यो जानकारी गराएका हुन् । उनका अनुसार फिल्म 4k क्वालिटीमा सार्बजनिक हुदैछ ।

युट्युबमा नेपाली फिल्म 4K क्वालिटिमा सार्बजनिक हुन लागेको यो पहिलो हो । हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट आज साझ ६ बजेर ३ मिनेटमा सार्बजनिक हुन लागेको फिल्मको नाम अनुसार समय पनि तय गरिएको छ । उनले लेखेका छन् “Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३ आज बेलुकि छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!’

छक्का पन्जा र ‘छक्का पन्जा २’ को सफलता पछि दीपक राज गिरि र दीपा श्री निरौलाले ‘छक्का पन्जा ३’ को निर्माण गरेका हुन् । यता छक्का पन्जा ४ को पनि घोषणा भैसकेको छ तर, कोरोना लगायत विविध कारणले छायांकन हुन सकेको छैन । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पन्जा ३ मा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले ५१ दिन समेत मनाएको थियो ।

Related Articles

Back to top button