vada
Video

दुई वर्ष अगाडि बेपत्ता भएकी महिला समुद्रको बिचमा जीवितै भेटिइन्, यसरी गरियो उद्दार (भिडियो हेर्नुस्)

काठमाडौ । दुई वर्ष अघि घरबाट बेपत्ता भएकी एक महिला समुन्द्रको बिचमा जिवितै फेला परेकी छन् । उनलाई जिवितै उद्दार गरिएको भिडियो भाइरल भइरहेको छ । कोलम्बियाको यो भिडियोले संसारलाई चकित बनाएको छ । हराएको दुई वर्ष पछि समुन्द्रको बिचमा जिवितै फेला परेको घटनाले अहिले विश्वमा चर्चा भएको छ । उनलाई उद्दार गरेको भिडियो पनि भाइरल भएको छ ।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ। उनीहरुले समुन्द्रमा तैरिरहेको अवस्थामा देखेका थिए । प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई देखेपछि माझीहरले उद्दार गरेका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले मलाई जिवितै रहोस् भन्ने चाहेका रहेनछन्’ भनेकी छन् । आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानले निकै दुख दिएको बताएकी छन् । अन्त्यमा उनले दिएको या त ना र दुख सहन नसकेर घर छोडेर हिडेको उनको भनाई छ । उनले सन् २०१८ मा घर छाडेर हिडेको बताएकी छन् ।

घर छाडेर हिडेपछि उनले ६ महिना सडकमै मागेर खाइन्। उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पि डा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।

Related Articles

Back to top button