vada
News

छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन् !

एजेन्सी – कोरोनाको मामलामा अमेरिकामा विश्वकै सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएको छ। खोपको चरण सुरु भएतापनि कोरोनाको नियन्त्रण भने भइसकेको छैन।

यसैबीच, न्यू योर्कबाट एउटा यस्तो घटना अगाडी आएको छ जसले सबैको मन दुखी तुल्याउँछ। नवजात छोरीलाई जन्म दिएको केहि दिन मै उनकी आमाको मृ-त्यु हुन पुग्यो। उनले आफ्नो छोरीलाई आफ्नो काखमा राख्न पनि सकिनन्।

इन्डिया टाइम्सका अनुसार अमेरिकाकी भेनेसा कार्डेनस गोन्जालेजले ९ नोभेम्बरको दिन नवजात शिशुलाई जन्म दिइन्। सम्पूर्ण परिवारमा खुशीको वातावरण थियो। बच्चालाई जन्म दिएको ५ दिनपछि नै भेनेसामा कोरोना संक्रमण पुष्टि भयो। भनिन्छ कि उनी डेलिभरीको बेला भाइरसको चपेटामा आइन्।

भेनेसाले आफ्नी छोरीलाई आफ्नो काखमा राख्न पनि सकिनन्। उनको कोरोनाको कारण निधन भयो। भेनेसाले आफ्नी सानी छोरीको अनुहार भिडियो कलमा मात्र देख्न पाइन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button