vada
News

मानसिक सन्तुलन ठिक नभएका नेपाली श्रमिक दल बहादुर मलेसियामा बेपत्ता,खोजी गरिदिन अनुरोध।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको क्रममा गएको फेब्रुअरी महिना २६ तारिख २०२० का दिन नेपालदेखि मलेसियामा एनएसएल इस्टर्न प्रिटेच ( NSL Eastern Pretech ) नामक कम्पनीमा काम गर्न आएका एक नेपाली श्रमिक मलेसियामै सम्पर्क बिहिन (बेपत्ता) भएको छ।

नेपालको ठेगाना गुम्दा ४ यामगाँउ गोर्खा निवासी ४२ बर्षिय दल बहादुर गुरुङ नाम गरेका नेपाली हराएको तमु समाज मलेसियाको महासचिव दिल तहार तमु(गुरुङ)ले जानकारी गराउनुभयो।

जानकारी अनुसार अलिअलि मानसिक सन्तुलन ठिक नभएका दल बहादुर गएको अगस्ट महिना २०२० मा आफू कार्यरत कम्पनी छाडेर भागेको अबैधानिक भैइ यताउता घुम्दै बसिरहेको अवस्थामा फेला परेको थियो ।

फेला परेलगत्तै दल बहादुर लाई उनकै भाइ चमर सिंह गुरुङले सहयोग गरेर स्वदेश पठाउन भनेर नेपाली राजदुतावासको सहयोगमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाई जोहोरदेखि क्वालालम्पुरमा ल्याउने क्रममा पनि बाटोबाटै अच्चानक भागेर बेपत्ता भएको कुरा समाजका महासचिव दिलले जानकारी गराउनुभयो।

बेपत्ता भएको केहिदिनपछि दल बहादुर क्वालालम्पुरमै आफ्नो एकजना आफन्तकोमा बसिरहेको जानकारी प्राप्त भएको तर फ़ेरि त्यो आफन्तको रुमबाट पनि गएको नोभेम्बर १६ तारिखको दिन भागेर बेपत्ता भएको र अहिलेसम्म पनि कुनै कतैबाट खबर नआएकोले दल बहादुरको खोजीगरिदिनुहुनको लागी समाजले मलेसिया रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभएको छ।

दल बहादुर लाई भेटाउनु हुने जो कोहिले पनि सम्पर्क नम्बर : +60175413371 अथवा मलाया खबरको फोन र ह्वाट्सएप नम्बर +601172328150 मा फोन गरेर अथवा ह्वाट्सएप मार्फत म्यासेज गरेर जानकारी गराउन सक्नुहुनेछ।

Related Articles

Back to top button