vada
News

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९५ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ सय निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१५ रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button