vada
News

संसद विघटन भएपछि नायिका करिष्मा मानन्धरले लेखिन् भावुक स्टाटस

काठमाडौं – चर्चित नायिका करिष्मा मानन्धरले राजनीतिक तमासा हेरेर बस्न वाद्य भएको जानकारी दिएकी छिन्।जनताको भावना कदर गर्ने प्रवृत्ति राजनीतिक दल र नेताहरुमा नहुँदा जनताको भावना विपरित राजनीतिक निर्णय हुँदा पनि जनताले सहेर बस्नु परिरहेको उनको भनाइ छ ।

‘कठै बरा नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न वाद्य छौं,’ उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यहाँ काहाँ छ देश प्रेम ?, काहाँ छ जनताको भावनाको कदर ?, काहाँ छ उनीहरु आफैंले गरेको प्रतिबद्धता ?”

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि कलाकारहरुले आफ्नो धारणा राखेका छन् ।

Related Articles

Back to top button