vada
News

हास्य कलाकार दीपकराज गिरिले प्रधानमन्त्री ओलीलाई दिए दनक, भने, ‘अप्राकृतिक कामबाट रहेको ओली प्रचण्डको गर्भ तुहियो’

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपालको संसद विघटन गरेपछि बिभिन्न प्रतिक्रियाहरु आएका छन् । नेताहरु बिभिन्न खेमामा बाँडिएर प्रतिक्रिया दिइरहेका छन् ।

राजनीति बाहेक अन्य क्षेत्रका ब्यक्तिले समेत केपी ओलीको कदमलाई अनुचित भनेका छन् । यसैमा पर्छन् हास्य कलाकार दिपकराज गिरि पनि । उनले पनि प्रधानमन्त्री ओलीलाई दनक दिएका छन् । उनले भनेका छन्, जे हुनु थियो त्यही भयो ।

गिरि अगाडि फेसबुकमा लेख्छन्, ‘माओबादी र एमाले को अप्राकृतिक गर्भाधान बाट जन्मिएको सरकार तु हि ए कोमा चिन्ता नगरौ किनकि अप्राकृतिक कुरा स्थाइ हुदैन । शुभदिन!’

उनको यो स्टाटसमा धेरैले कमेन्ट गरेका छन् । धेरैले उनको कुराको समर्थन गरेका छन् भने केहीले उनलाई गाली समेत गरेका छन् ।

Related Articles

Back to top button