vada
News

आठ सय वर्षपछि पहिलोपटक आज राती आकाशमा देखिने छ यस्तो दृश्य, नेपालबाट पनि हेर्न सकिने

काठमाण्डौ । सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । यो दृष्य ८ सय वर्ष पछि फेरी नेपालीले पनि देख्न पाउने भएका छन् ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहने बताए ।

वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । उनका अनुसार यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।

उहाँले शनि र वृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमासहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने बताए ।

Related Articles

Back to top button