vada
News

ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्दैछौं – माधव नेपाल

काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने कदम चालेपछि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने स्पष्ट पारेका छन् ।सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बसेको जसपा, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको छलफलमा नेता नेपालले यस्तो बताएका हुन् ।

बैठकको सुरुवातमा जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले खोई त तपाईँहरुले केपी ओलीलाई कारबाही गरेको ? भनेर सोधेको प्रश्नमा नेता नेपालले अब बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने जनाएको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

Related Articles

Back to top button