News
पूर्व माओवादीबाट गृहमन्त्री बादल र लेखराज भट्टले राजीनामा दिएनन्, ओलीलाई साथ!
काठमाडौं । केपी शर्मा ओली नेतृतवको सरकारका ७ जना मन्त्रीहरुले राजनीनामा दिएका छन्।राजीनामा दिनेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।
तर, पूर्व माओवादी खेमाका २ मन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको बुझिएको छ।
आइतबार सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको हो।राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषीमन्त्री घनश्याम भूसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, वैदेशिक रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन्।