vada
News

राजनैतिक संकटपछि प्रधान सेनापतिले पृतनापतिहरुलाई दिए यस्तो निर्देशन

काठमाडौं – नेपालमा अहिले राजनैतिक सकट चुलिएको छ । यस्तो अवस्थामा सुरक्षा अवस्था कस्तो हुनसक्ला भन्ने सर्वत्र चासो र चिन्ता छ । यस्तै विब्रँदो राजनैतिक घटनाक्रमले निम्त्याउने अस्थिरता रोकेर शान्ति सुरक्षा कयम गर्न पनि सुरक्षा निकायमा चुनौति रहेको छ ।

यसैबिच प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग गरी नयाँ निर्वाचनको घोषणा गरेपछि उत्पन्न हुन सक्ने सम्भाव्य सुरक्षा चुनौतीबारे पृतनापतिहरूसँग कुराकानी गरेका छन् । उनले भिडियो कल मार्फत कुराकारनी गरेका हुन् ।

सेनापति थापाले आठैजना पृतनापतिसँग बिफ्रिङ लिँदै सुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएको सैन श्रोतले जनाएको छ । पछिल्लो राजनैतिक घटना क्रमले निम्त्याउन सक्ने सुरक्षा चुनौतिका बारेमा समेत छलफल भएको श्रोतको दावी छ ।

मुख्यालयका ती उच्च सैनिक अधिकारीले भने, ‘सेना कुनै पनि राजनीतिक कदमको राजनीतिक समाधान होओस् भन्ने चाहन्छ, वैधानिक सरकारको निर्णय मान्नु हाम्रो दायित्व हो, हामी पछिल्लो परिस्थितिबारे गम्भीर रहे पनि राष्ट्रिय सुरक्षाबाहेकको विषयमा हाम्रो संलग्नता रहँदैन ।’

के नेपालमा संकटकाल लागेर फेरि सेना परिचालन होला?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि अहिले नेपालको राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीको कदमको पार्टी भित्र र बाहिर विरोध सुरु भएको छ ।

आम नागरिकमा फेरि नेपालमा संकटकाल लाग्ने हो की भन्ने डर छ । अझ देशमा सेना परिचालन हुुने र देश थप अस्थिरता तर्फ धकेलिने भयले सबै अबको निकाश के होला भनेर हेरिरहेका छन् । तर विज्ञहरुको धारणा भने फरक छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर नगर्न अपिल गरेको छ । चौतफी विरोध भइरहँदा देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको हो ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आआफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेपनि राष्ट्रपतिको कार्यालयले अहिलेसम्म संसद विघटनको प्रस्ताव नआएको बताएको छ ।

Related Articles

Back to top button