vada
News

रुँदै प्रचण्डको भनाई– ‘निर्णय फिर्ता लिइदिनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको निर्णयमा पुग्नासाथ त्यसको सबैभन्दा ठूलो मार पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ । ओलीलाई हटाएर प्रधानमन्त्री बन्न तम्तयार भएर बस्नुका प्रचण्डका लागि यो स्तब्ध पार्ने खबर थियो । प्रचण्डलाई सुनामी आए जस्तो भएको हुनुपर्छ ।

लगत्तै उहाँ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभयो । प्रचण्डले ‘तपाईंलाई हामी केही गर्ने थिएनौं, तपाईंले गलत गर्नुभयो’ भन्नुभयो । प्रधानमन्त्री ओलीले के भन्नुछ चाँडो भन्नस्, म राष्ट्रपतिकोमा जान लागेको भन्नुभयो । प्रधानमन्त्री निकट स्रोत भन्छ– प्रचण्ड निरास हुनुहुन्थ्यो, उहाँले लगभग रुँदै भन्नुभयो– ‘प्लिज निर्णय फिर्ता लिइदिनुस्, यसो नगरिदिनुस् ।’

ओलीले लगभग कड्कँदै भन्नुभयो– ‘जहिलेतहिले षडयन्त्र मात्र गर्नुभयो, जहिलेतहिले सरकारलाई छिर्के मात्र लगाउनुभयो, मलाई र सरकारलाई बदनाम बनाउन अभियान नै चलाउनुभयो, आफू प्रधानमन्त्री बन्नका लागि तपाईं गिर्नसम्म गिर्नुभयो, म ब्याक हुँदिन ।’

प्रचण्डले पावर शेयरिङमा तपाईं जसो भन्नुहुन्छ म त्यसै गर्न तयार छु, माधवजीहरुलाई छाडेर अगाडि बढ्न तयार छु, यसको संकेत मैले तपाईंलाई दिइसकेको पनि हो भन्नुभयो । तर, प्रधानमन्त्री ओलीले जवाफ दिनुभएन ।

Related Articles

Back to top button