vada
News

ऋषी कपूूरको निधनपछि एक्ली भएकी नीतू कपूरलाई छोरा रणवीरले पनि छाडे

एजेन्सी । ऋषी कपूूरको निधनपछि नीतू कपूर एक्ली भएकी छिन् । उनले आफ्नो दिवंगत श्रीमान ऋषी कपूूरलाई सम्झिरहेको कुरा सोशल मिडिया मार्फत जताउँदै आईरहेकी हुन्छिन् । पछिल्लो समयमा नीतूले ऋषी कपूूरलाई भर्खरै सकिएको दशै र तिहारमा निकै नै मिस गरेको कुरा सोशल मिडियामा तस्वीर शेयर गरेर जताएकी थिईन् । उनले ऋषी कपूूर सहित पुरै परिवार भएको तस्वीरलाई शेयर गरेकी थिईन् ।

श्रीमानको निधन पश्चात आफुलाई एक्लो महसुस गरेकी नीतूले छोरा रणवीर कपूरको पनि साथ पाएकी छ्रैनन् । रणवीर नीतू र ऋषीको एक्ला छोरा हुन् । रणवीर एक्लो छोरा हुँदाहँदै पनि उनी आफ्नी आमासंग संगै नबसेर अलग्गै बस्दै आएका छन् । रणवीर त्याहाँ बसिरहेका छन् जहाँ आलिया भट बसेकी छन् । आमा नीतूलाई एक्लै छाडेर रणवीर आफ्नै प्रेमिका आलिया भटसंग एउटै अपार्टमेन्टमा बस्दै आईरहेका छन् । आलियाले भर्खरै मात्र ३२ करोडमा एउटा फ्ल्याट किनेकी छिन् । उक्त फ्ल्याट मुम्बईको बस्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्समा रणवीर कपूर पनि बस्दै आएका छन् ।

खबरका अनुसार आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्छििन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बसेका छन् । रणवीरको यो व्यवहारदेखि आमा नीतू र उनकी दिदी पनि निकै नै निरास छन् । उसो त रणवीर आफ्नो बुवा ऋषी कपूूरको निधन भएपछि बुवाको किर्याकर्म गर्ने समयमा आफ्नो घरमा नबसेर आलियासंगै बसेको कुरामा पनि निकै नै विबादमा तानिएका थिए ।

Related Articles

Back to top button