vada
News

विवाह भएको दुई महिनामै नेहा कक्कडको बेबी बम्प यति ठूलो देखिनुको यस्तो रहेछ रहस्य

एजेन्सी । विवाह गरेको दुई महिनामै नेहा गर्भवती भएको खबर चर्चामा आएको छ । उनको विवाह भएको दुई महिना भएको छ । दुई महिनामै गर्भवती भएको चर्चा आएपछि उनका फ्यानहरु पनि अचम्म परेका थिए । नेहाले बेबी बम्पको तस्बिर सार्वजनिक गरेपछि यस्तो चर्चा आएको हो । तर अहिले त्यो तस्बिरको रहस्य खुलेको छ ।

किनभने उनले क्याप्सनमा ‘ख्याल रख्या कर’ अर्थात् अब ख्याल गर्नुपर्छ भन्ने भाव लेखेकी थिइन्। त्यसमाथि नेहाकी दाई टोनी कक्करले बधाई दिँदै ‘म मामा बन्न’ लागे भनेपछि नेहा गर्भवती नै भएको अनुमान गरिएको थियो। तर शनिबार नेहाले इन्स्टाग्राममा शुक्रबारकै फोटो पोस्ट गरेकी छिन्। जहाँ उनी आफ्ना पति रोहनप्रित सिंहसँग छिन्।

तर उक्त तस्बिर देखेपछि भने हामी सोझै यो थाहा पाउन सक्छौं कि नेहाले शुक्रबार तस्बिर नयाँ गती ‘ख्याल रख्या कर’लाई प्रचार गर्न मात्र पोस्ट गरेकी रहेछिन्। यस गीतमा नेहाले गर्भवती महिलाको भूमिका निर्वाह गर्ने पनि प्रस्ट भएको छ। यो गीत २२ डिसेम्बरमा रिलिज हुनेछ।

रोहनप्रित सिंह पनि गायक हुन्। नेहाले लकडाउन अवधिमा रोहनप्रितसँग केही गीतहरु गाएका थिए। सोही क्रममा उनीहरु प्रेम सम्बन्धमा परेका थिए। गत अक्टोबर मात्र उनीहरुले विवाह गरेका थिए।

Related Articles

Back to top button
Close