vada
Intresting

काखीलाई सफा र गन्धरहित राख्न अपनाउनुहोस् यी उपाय

महिलाको सौन्दर्य नै उनीहरुको सबैभन्दा ठूलो गहना हो। सुन्दर महिलाहरु भीडमा अलग देखिन्छन्, उनीहरुमाथि हरेक आँखा अडिने गर्छ।

तर, सुन्दरता भन्नाले अनुहार मात्र आकर्षक हुनु हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । सुन्दरता त्यसलाई भनिन्छ जसले आफ्ना शरीरको हरेक अंगलाई सफा र सुन्दर राख्छ ।

जसमा अन्डरआम्र्स अर्थात काखी मुनिको भाग पनि एक हो । कालो काखीले महिलाको व्यक्तित्वलाई नै नकारात्मक प्रभाव पुर्‍याउँछ।

कालो काखी झट्ट हेर्दा नै भद्दा तथा फोहोरी देखिन्छ। मोइस्चराइजेसनको कमी, काखीमा भएका रौं निकाल्ने फरक(फरक तरीका, हार्मोनको गडबडि तथा वंशानुगत जस्ता धेरै कुराहरुका कारण तपाईंको काखी कालो र भद्दा देखिएको हुन सक्छ।

कालो र भद्दा काखीका कारण तपाईंलाई स्लिभलेस ब्लाउज, सिंगल स्ट्रिप ड्रेसहरु लगाउन अप्ठ्यारो लाग्न सक्छ । कालो र भद्दा काखी हुनु भनेको सुन्दर नहुनु मात्र होइन, त्यसले तपाईंको बिग्रदै गएको स्वास्थको बारेमा समेत संकेत पनि गर्दछ।

यदि तपाईंको काखी अस्वभाविक रुपमा कालो छ भने तपाईंले तुरुन्त डाक्टरलाई जचाउनु पर्छ । यदि तपाईंको काखी मृत कोषिका र पसिनाका कारण कालो भएको हो भने केही घरेलु उपायहरुले तपाईं यो समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ।

सामाग्री

-तीन चिया चम्चा बिरे नून

-तीन चिया चम्चा बेकिङ सोडा

-तीन चिया चम्चा ह्वाइट भेनेगर

-छ चिया चम्चा तातो पानी

प्रयोग गर्ने तरीका

माथि उल्लेखित सबै कुरालाई एउटा कचौरामा हालेर मिसाउने । तयार भएको पेस्टलाई काखीा लगाएर २० मिनेट सुक्नका लागि छाडिदिने ।

मन तातो पानीमा सफा कपडा भिजाएर प्याक हटाउने । त्यसो गर्दा तपाइर्ंको अन्डरआम्र्समा भएको कालो दाग कम हुँदै जान्छ ।

यो विधि हप्तामा एक पटक अनिवार्य रुपमा गर्नु पर्छ । बिस्तारै तपाईंको काखीको कालो दाग हटेर जान्छ। काखी सेतो र सुन्दर हुँदा तपाईंको व्यक्तित्वमा पनि राम्रो प्रभाव पर्छ ।

यसका साथै तपाईं ढुक्क भएर स्लिभ लेस ब्लाउज, सिंगल स्ट्रिप ड्रेसहरु लगाउन सक्नु हुन्छ।

Related Articles

Back to top button