पर्सलाई पछाडि राख्नुहुन्छ ? लाग्नसक्छ यी चार खतरनाक रोग
काठमाडौँ । पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन्तै हटाउनु पर्नेछ नभए विभिन्न रोगको शिकार हुनुपर्छ ।पर्समा हामी पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका वस्तु राख्छौं जसले पर्स निकै मोटो बनाउँछ । यस्तोमा यदि तपाईंले पछाडिको खल्तीमा यस्ता मोटो पर्स राख्नुहुन्छ भने यसले तपाईंको शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ । त्यसकारण पछाडिको खल्तीमा पर्स राख्दा तपाईंले विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ ।
के यो सही हो ?
मेन्स हेल्थमा एउटा रिपोर्ट छापिएको थियो, जसमा वटलरु विश्वविद्यालयका स्पाइन बायोमेकानिक्सका प्रोफेसर स्टुआर्ट मैकगिलले बताए अनुसार पर्स भनेको केही समयका लागि मात्र खल्तीमा राख्न बनाइएको हो । उक्त पर्समा कार्ड, विल तथा सिक्का राखेर त्यसमाथि घण्टौंसम्म बसेमा भने हिप, ज्वाइन्ट तथा कम्मरमुनिको भागमा दुखाइ महसुस हुन थाल्छ ।यस्तो समस्या सियाटिक नर्भबाट सुरु हुन्छ, जुन हिप ज्वाइन्टको ठिक पछाडि रहेको हुन्छ । हिपमा मोटो पर्स राख्नाले पर्स तथा हिपको बीचमा उक्त नसा थिचिन्छ र समस्या उत्पन्न हुने गर्छ ।
यो समस्या यस कारण पनि जटिल छ कि हिपबाट सुरु हुने यो समस्या पैतालासम्म पुग्नसक्छ ।डा. मैकगेलले ढाडको अध्ययनका लागि एक प्रयोग गरेका थिए, जसमा एउटा हिपको तलपट्टी सानो आकारको पर्स राखिएको थियो ।अध्ययनका क्रममा उनले पछाडिपट्टी मोटो पर्स राख्नाले पेल्विस (कुहिना) एकतर्फ झुक्ने र यसैका कारण मेरुदेण्डको हड्डीमा बढी दवाव पर्ने तथ्य फेला पारेका थिए ।
यसैका कारण हड्डी सीधा हुनुको सट्टा धनुष आकारमा परिवर्तन हुने गर्छ ।पर्स जति बढी मोटो हुन्छ, शरीर त्यति नै एकातर्फ झुक्न थाल्छ, र शरीर त्यति नै धेरै दुख्ने गर्छ । तर समस्या के छ भने पर्सलाई अगाडिको खल्तीमा राख्न पनि सकिँदैन, किनभने पर्सलाई अगाडिको खल्तीमा राख्दा पनि उत्ति नै पीडा हुनसक्छ ।चिकित्सकहरूका अनुसार मोटो पर्स राख्दैमा मेरुदण्ड वा स्पाइनल कर्ड बाङ्गन्िछ भन्ने कुरा सत्य नहुनसक्छ तर पहिलेदेखि नै मेरुदण्डमा समस्या छ भने चाहिँ यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।
पछाडिको खल्तीमा पर्स राख्दा साच्चै हानि हुन्छ त ?
यस विषयमा डा. माकगैलले छोटो समयको लागि राख्दा यसले खासै समस्या नगरेपनि लामो समय राख्दा भने पीडा महसुस हुने बताए । त्यस किसिमको पीडा एक ठाउँमा महसुस हुन सुरु गर्छ र ठाउँ ठाउँमा सर्दै जान्छ ।
कसरी कम गर्ने पीडा ?
-घुँडा मोडेर जमीनमा सुत्ने । घुँडालाई तल लैजाँदा दायाँतर्फ मोड्ने र काँध र हिपलाई जमिनमै राखेर दायाँतर्फ लैजाने । यसबाट कम्मरमुनिको भागमा निकै आराम महसुस हुने गर्छ ।
-जमिनमा सुत्ने, घुँडालाई छातीमा लगाउने र पैतालालाई समाउने । अब कम्मरको माथिल्लो भागलाई समातेर यताउता ढल्कने । यसले ढाडको दुखाइ निकै हदसम्म कम हुने गर्छ ।
यसरी राख्ने पर्स ?
-पैसा राख्न क्लिप वा पातलो स्टाइलको पर्स राख्न सकिन्छ, जुन अगाडिको सिटमा पकेटमा राख्न सकियोस् ।
-साँचोमा जोडेर राख्न सकिने पर्स पनि किन्न सकिन्छ । यस्तो गर्दा जब जब पर्सलाई पछाडिको खल्तीमा राखिन्छ, साँचोले घोच्छ, र बाध्य भएर उक्त पर्स बाहिर राखिन्छ ।
-सम्भव भएमा पर्स राख्नै छाड्नु राम्रो हुन्छ ।
-उस्तै परेको खण्डमा प्यान्ट सिलाउँदा प्यान्टको पछाडि खल्ती नै नराख्न सकिन्छ ।
साइटीका रोगको सम्भावनाः
जब तपाईं पर्सलाई पछाडिको खल्तीमा राखेर बस्नुहुन्छ यसले कम्मरमा दबाब पार्छ । कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ । यसले समस्या पैदा गर्छ ।
रक्त संचारमा बाधा पुग्नेः
हाम्रो शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्ने गर्दछ । कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण रक्तसंचारमा प्रभाव पर्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।
खराब हुनसक्छ मेरुदण्डको हड्डीः
पछाडिको खल्तीमा पर्स हुँदा शरिरको ब्यालेन्स ठिक हुँदैन जसका कारण व्यक्ति सीधा बस्न सक्दैन । यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ ।
फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः
पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । विशेषगरी युवा यो रोगको शिकार हुन्छन् । पायरी फोर्मिस रोगबाट छुटकारा पाउनका लागि शल्यक्रिया गराउनुपर्छ ।
त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।