News

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । संजय आफ्नी आमाको साथमा दुबई पुगेका थिए । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट मंगलबार मात्र आएको हो । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।

Related Articles

Back to top button
Close