vada
News

चर्चित गायिका नेहा कक्कडका फ्यानका लागि आयो अहिले सम्मकै खुशीको खबर

मुम्बई । चर्चित भारतीय गायिका नेहा कक्कड फोब्र्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छन् । उनी सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा परेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार गायिका नेहाले यो खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् । फोब्र्सको सूचीमा भारतका १२ जना सेलिब्रेटी परेका छन् । सूचीमा परेका अभिनेता अमिताभ लगायतका चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुग्न सफल भएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् १ तपाईंहरु सबैलाई पनि धन्यवाद ।सौर्य दैनिकमा खबर छ । ’ चर्चित टेलिभिजन सो इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह गरेकी छन् ।

Related Articles

Back to top button
Close