News

कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिँदा ८ जना कोरोना जितेर घर फर्किए

कालिकोट, ०५ साउन । कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिदा ८ जना कोरोना जितेर घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना र सान्नीत्रिवेणी आइसोलेसन सेन्टरबाट ५ जना ८ जना कोरोना जितेर घर फर्किएका छन् ।

आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ५ सय १९ पुगेको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका ४ जना, सल्यानका १ जना, कालिकोटका १ जना, हुम्लाका १ जना, र दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणबाट दैलेखका १ जनामा र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणबाट सल्यानका २ जना गरी आज कुल ११ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।

Related Articles

Back to top button
Close