vada
News

यी हुन् राजधानीमा बिक्रीका लागि राखिएका ५० लाखदेखि डेढ करोडसम्मका घर

काठमाडौँ उपत्यकामा मध्यम वर्गले पहुँच राख्ने एक करोडदेखि डेढ करोड रुपैयाँ मूल्यसम्मका घर हुन् । घडेरीको आकाशिँदो मूल्यका कारण रिङरोडभित्र डेढ करोड रुपैयाँसम्मका घर पाउन मुश्किल पर्छ । रिङरोडभित्र चार आना घडेरीकै मूल्य डेढ करोड रुपैयाँ हाराहारी पर्न आउँछ ।

उपत्यकामा डेढ करोड रुपैयाँसम्मका घर किन्नका लागि रिङरोडभन्दा अलि बाहिरै पुग्नुपर्छ । पछिल्लो समय रिङरोडभित्रभन्दा बाहिर पनि घरजग्गाको कारोबार बढेको छ । ठूलो बस्ती बसिसकेको छ । यही कारण रिङरोडबाहिर पनि डेढ करोड रुपैयाँसम्मका घर सीमित मात्रामा किन्न पाइन्छन् ।

आजभोलि रियल स्टेटका अनलाइन प्लेटफर्महरूमा प्रशस्तै घर बिक्रीका लागि राखिएका हुन्छन् । जहाँ डेढ करोड रुपैयाँभन्दा कम मूल्यका घर कमै हुन्छन् । यस लेखमा उपत्यकामा बिक्री गर्न राखिएका ५० लाखदेखि डेढ करोड रुपैयासम्मका घरबारे जानकारी गराइएको छ ।

५० लाखदेखि डेढ करोड रुपैयाँसम्मका घर

भक्तपुर, नयाँ ठिमी किवाचोकमा २ आना २ पैसा जग्गामा बनेको साढे दुई तले घर नेपालहोम्स डटकममा बिक्रीका लागि राखिएको छ । पूर्वी मोहोडा भएको यस आवासीय घरको मूल्य ८२ लाख रुपैयाँ रहेको छ ।

काठमाडौँ, चन्द्रागिरी, नगरपालिका थानकोट चेकपोस्टमा चार आना क्षेत्रफलमा बनेको एकतले घर बिक्रीमा छ । भूकम्प प्रतिरोधी मापदण्डमा बनेको तीन कोठाको घरको मूल्य ८५ लाख रुपैयाँ तोकिएको छ ।

काठमाडौँ, थानकोटमै १३ फिटको बाटोको जग्गामा बनेको एकतले घर बिक्रीमा राखिएको छ । ३ आना २ पैसा क्षेत्रफलमा बनेको घरको मूल्य ९८ लाख रुपैयाँ तोकिएको छ । यो घरमा किचनसहित चार वटा कोठा रहेका छन् ।

चन्द्रागिरी, महादेवस्थानमा १३ फिट बाटो र तीन आना जग्गामा बनेको एकतले घर बिक्रीमा छ । पश्चिम मोहडा भएको यस आवासीय घरको मूल्य पनि ९८ लाख रुपैयाँ तोकिएको छ ।

ललितपुरको टीकाथलीमा १६ फिटको बाटोमा २ आना २ पैसा जग्गामा बनेको एक तले घर नेपालहोम्स डटकममा बिक्रीका लागि राखिएको छ । २०७५ सालमा बनेको पश्चिम मोहडा भएको यस घरको मूल्य ९८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

काठमाडौँ, जरंखुमा १३ फिटको बाटोमा रहेको दुईतले घर बिक्रीमा छ । २ आना २ पैसा जग्गामा बनेको यस घरको मूल्य ६८ लाख रुपैयाँ मात्र रहेको छ ।

वसन्तकोलोनी जरंखुमा ८–१२ फिट बाटोमा ३ आना १ पैसा जग्गामा बनेको एकतले घर बिक्रीमा छ । यस आवासीय घरको मूल्य ७८ लाख रुपैयाँ रहेको छ । काठमाडौँ, गोलढुंगामा चार आना जग्गामा बनेको एकतले घर बिक्रीमा छ । उत्तरी मोहडा भएको यस घरको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ । यो घरमा पुग्न १० फिट बाटो छ ।

चन्द्रागिरी, महादेवस्थानमा तीन आनामा बनेको अर्को एकतले घर बिक्रीमा छ । १३ फिट बाटो भएको यस घरको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकिएको छ । यो घरमा किचनसहित चार कोठा रहेका छन् ।

चन्द्रागिरी, थानकोट चेकपोस्टनजिकै १० फिटको बाटोमा २ आना २ पैसा जग्गामा बनेको साढे दुईतले घर बिक्रीमा छ । आठ कोठा भएको यस घरको मूल्य पनि १ करोड १५ लाख रुपैयाँ रहेको छ । ललितपुर, खुमलटारमा छ फिट बाटो भएको २ आना ३ पैसा जग्गामा बनेको डेढतले घर बिक्रीमा छ । जसको मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

थानकोट, चेकपोस्टमै १३–१४ फिटको बाटोमा बनेको दुईतले घर बिक्रीमा छ । २ आना २ पैसा जग्गामा बनेको यस घरमा छ कोठा रहेका छन् । जसको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । बागेश्वरी, भक्तपुरमा १० फिटको मोटर बाटो भएको साढे तीन आना जग्गामा बनेको दुईतले घर बिक्रीमा राखिएको छ । भूकम्प प्रतिरोधी मापदण्डमा बनेको यस आवासीय घरको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ ।

काठमाडौँ, कलंकीमा १२ फिट बाटो भएको २ आना २ पैसा जग्गामा बनेको साढे दुईते घर १ करोड १७ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । थानकोटमा १३ फिट बाटो भएको तीन आना जग्गामा बनेको साढे दुईतले घर १ करोड २० लाख रुपैयाँमा बिक्री गर्न राखिएको छ । यो घरमा छ कोठा रहेका छन् ।

काठमाडौँ, पेप्सीकोला टाउन प्लानिङमा १३ फिट बाटोमा बनेको दुईतले घर बिक्रीमा छ । साढे दुई आना जग्गामा बनेको घरको मूल्य १ करोड २२ लाख रुपैयाँ तोकिएको छ । दक्षिण पूर्वी मोहडा भएको यो घर २०७७ सालमा बनेको हो ।

काठमाडौँ, कपन मिलनचोकमा छ फिट बाटो भएको तीन आना जग्गामा बनेको दुईतले घर १ करोड २५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । थानकोटमा तीन आना जग्गामा बनेको साढे दुईतले घर १ करोड २८ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । सात कोठा भएको भूकम्प प्रतिरोधी मापदण्डमा बनेको यो घरमा पुग्नका लागि १३ फिट बाटो छ ।

चन्द्रागिरी केवलकार जाने बाटोमा २० फिट बाटोमा बनेको साढे दुईतले घर १ करोड ३० लाख रुपैयाँमा बिक्रीमा छ । तीन आना जग्गामा बनेको घरमा आठ कोठा रहेका छन् । कलंकी एलआरआई स्कुलनजिकै १३ फिटको बाटोमा २ आना ३ पैसा जग्गामा बनेको साढे दुईतले घर १ करोड ३० लाख रुपैयाँमा बिक्रीमा छ । यो घर पनि भूकम्पपछि बनाइएको हो ।

मातातीर्थमा १३ फिटको बाटोमा पाँच आना जग्गामा बनेको साढे दुईतले घर बिक्रीमा राखिएको छ । १० कोठा भएको यस घरको मूल्य १ करोड ३० लाख रुपैयाँ रहेको छ । थानकोट चन्द्रागिरीमा १६ फिट बाटो भएको तीन आना जग्गामा बनेको दुईतले घर बिक्रीमा छ । पूर्वी मोहडा भएको यस घरको मूल्य १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

काठमाडौँ, टोखामा १२ फिट बाटो भएको चार आना जग्गामा बनेको साढे दुईतले घर १ करोड ३५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । भक्तपुरको कटुञ्जेमा १३ फिट बाटो भएको पाँच आना जग्गामा बनेको दुईतले घर बिक्रीमा छ । शान्त हरियाली वातावरणमा अवस्थित यस घरको मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकिएको छ ।

जरंखुमा १० फिट पिच बाटो भएको २ आना २ पैसा जग्गामा बनेको साढे दुईतले घर १ करोड ४५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । यो समाचार nepalhomes.com बाट साभार गरिएको हो ।

Related Articles

Back to top button
Close