News

गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

२६ साउन, काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स ह´त्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।

प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको श´व भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।

Related Articles

Back to top button
Close