vada
News

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ र र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ बढाएको हो ।

यो मूल्य गएराति १२ बजेबाट लागू भएको छ । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । निगमका अनुसार अन्य हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाइएको छ

Related Articles

Back to top button