vada
Entertainment

चर्चित अभिनेत्री वर्षा राउतको आज जन्मदिन

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका बर्षा राउतको आज जन्मदिन परेको छ । आज नायिका बर्षाले आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९३ डिसेम्बर १३ तारिखका दिन सिन्धुलीमा जन्मेकी वर्षा पछिल्लो समयकी चर्चित नायिका हुन् ।

आज उनको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षाले हालसम्म धेरै फ्यानहरु कमाइसकेकी छिन् । चलचित्र नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा उनका हिट चलचित्र हुन् । म्युजिक भिडियो मोडलिङ हुँदै चलचित्र अभिनयमा लागेकी राउत बेला बखत विवादमा समेत तानिन्छिन ।

Related Articles

Back to top button
Close