vada
News

कलाकार गजुरेलले खुलाए दोस्रो बिवाह गर्नुका कारण

हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेका छन् । उनले सार्वजनिक रुपमै आफुले अब छिट्टै विवाह गर्न लागेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा उनले अब आफुलाई पनि एक जना साथीको आवश्यकता भएको महशुस गरेको भन्दै छिटै विवाह गर्ने बताएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले आफु विवाह गर्ने निर्णयमा पुग्नुको कारण पनि खुलाएका छन् । उनले फागुन महिना भित्रै विवाह गर्ने पनि खुलाएका छन् । उनले आफुलाई कोरोना पुष्टि भएर अस्पतालमा बस्दा भोगेको अनुभवका कारणले पनि अब विवाह गर्नुपर्छ भन्ने लागेको पनि बताए।

उनले पुर्व पत्नी मिना ढकालसंग सम्बन्ध विच्छेद गरेपछि सामाजिक सञ्जाल फेसवुकमा त्यतीबेला लेखेको कुरा अहिले पनि त्यही मेरो धारणा हो भन्दै त्यसवारे थप केही नबोल्ने पनि बताए।

उनको पहिलेको बिहे सफन नभएपछि मनोज र उनकी श्रीमती अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन्।

गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भविश्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए।

२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए ।

Related Articles

Back to top button