vada
Video

‘मेरो किरिया नगर्नु’ भनेका कमानसिंको श्रीमतीले मुख खोलिन्, दिइन् यस्तो स्पष्टिकरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पुर्वसांसद कमानसिं लामाको मृत्यु पछि उठेका विषयमा उनकी श्रीमतीले मुख खोलेकी छन् । श्रीमान श्रीमतीबीचको विवादका बारेमा कमानसिं ले मृत्यु हुनुभन्दा अघि सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखेका थिए । उनले आफ्नो अन्तिम अवस्थामा पनि साथ दिन श्रीमती नआएको भन्दै आफुले कमाएको सम्पत्ती आफैलाई काम नलागेको उल्लेख गरेका थिए ।

उनले श्रीमतीलाई यदि आफ्नो निधन भयो भने पनि किरिया नगर्नु भनेर स्टाटस लेखेका थिए । उनको निधनपछि सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर समेत एक भिडियो सार्वजनिक भएको छ । सो भिडियो र त्यस बारेमाआएका समाचारप्रति स्वर्गीय लामाकी श्रीमतीले प्रतिकृया दिएकी छन् ।

तामाङ दम्पतीका नाममा रहेको उक्त आयोजना टाट पल्टिने अवस्थामा स्वामित्व परिवर्तन भएको प्रष्ट पारिएको छ। आर्थिक, राजनीतिक र सामाजिक जीवन सिद्धिने अवस्थामा सुसन कर्माचार्यले सहयोग पुर्‍याएको पूर्व राजदूत कमानसिंह लामाकी पत्नी इन्द्रमायाले जनाएकी छन् ।

श्रीमान् र आफूबीचको द्वन्द्वका कारण हाइड्रोको सेयर संख्या परिवर्तन भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्। अभिभावकको नाताले विवादको विषयले श्रेष्ठलाई जानकारी गराएको उनले बताइन् ।

‘हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक–पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो’, इन्द्रमायाले बकपत्रमा भनेकी छन्, ‘बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर

Related Articles

Back to top button
Close