vada
News

यस्ती आमा, शिशुलाई जन्म दिइन्, ज्यान लिइन् र ढुंगाले छोपेर हिडिन्

काठमाडौ । आमा भन्ने बित्तिकै मान्छेको मनमा एक आदर भाव आउँछ । आमाको सन्दर्भमा हजारौं साहित्यहरु सन्सारभरी नै श्रृजना भएका छन् । आमाको महिमा अपरम्पार रहेको हामी बारम्बार पढ्ने र सुन्ने गर्छौ ।

तर, सोचें झै जिन्दगी रैनछ भने झैं सबै जन्मेका शिशुहरुले यस्तो मातृ बात्सल्य पाउँदैनन् । बैतडिमा यस्तै एक घटना भएको छ ।

त्यहाँ एक आमाले शिशुलाई जन्म दिइन्, ज्यान लिइन् र ढुंगाले छोपेर हिडेकी छिन् । यो घटना जिल्लाको डिलाशैनी गाउँपालिका ६ सेटिगाउँमा बुधबार भएको पाइएको हो ।

शिशुको शव स्थानीयले ढुंगाले छोपेका अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । त्यसपछि घटनाबारे खबर आएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

‘शव भेटिएपछि परीक्षण गरेर बिहिबार व्यवस्थापन गरिएको छ । त्यसबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने ।

घटना कसले गर्यो भनेर अनुसन्धान भै रहेको प्रहरीले बताएको छ । प्रहरीको अनुमान पनि अनिश्छित गर्भ रहेकाले यस्तो गरिएको हुनसक्ने रहेको पाइएको छ ।

Related Articles

Back to top button