vada
Video

भाइरल बेहुली माइत गइन् र खिर पुरी खाइन्, को हुन् आखिर टिकटककी भाइरल बेहुली? (भिडियो हेर्नुहोस्)

केही समय यता एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा एक दुलही पहिरनमा रहेकी युवती सुदुरपश्चिमा लवजमा भन्छिन्, ‘पर्सी आइ हाल्न्या हुँ खिरपुरी बनाइराख्नु । अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले । धेरै खान्या हुँ । नरुनु ।’

यो भिडियो हेरेपछि धेरैका आँखा रसाए । उनले विवाहपछि विदाई भएर जान लाग्दा कारबाट आमालाई सम्झाउँदै भनेको थियो यो भिडियो । अहिले ती बेहुली माइत गएर आमाको हातले बनाएको खिर पुरी खाइ सकेकी छिन्, त्यो पनि आफ्नै आमाको हातले खुवाएको भिडियो देख्न सकिन्छ ।

ती सामाजिक सञ्जालमा भाइरल दुलहीको माइतीघर धनगढी हो । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन् ।

विवाहको दिन माइतीघरबाट बिदाइ हुने बेला प्रायजसो दुलहीहरु रुने गर्छन् । तर शान्तिले भने रोइरहेकी आमालाई सम्झाउँदै संवाद गरेकी छन् ।

उनी भन्छिन्, ‘आँखामा आसु आउँदा आउँदै पनि थामे । किनकी म रोयो भने मम्मी र घरपरिवारलाई झन पी डा हुन्छ भन्ने ठानेर आफूलाई सम्हाले ।’

उनीहरु दुवै जनाको पुख्र्यौली घर भने अछाम हो । उनी काठमाडौँमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरिरहेकी छन् भने उनका पति चिरन्जीवि जागिरे हुन् । उनी मुडभरी शान्तिको नामबाट टिकटक चलाउँदै आएकी छन् ।

Related Articles

Back to top button