vada
Video

अशोक दर्जीको “मन बिनाको धन ३ ” सार्वजनिक ( भिडियो हेर्नुहोस् )

काठमाडौं २५ मंसिर / चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । मन बिनाको धन ठूलो कि, धन बिनाको मन ३ बोलको गीतलाई गायक तथा संगीतकार टंक बुढाथोकीले शब्द संगीत भरेका छन् ।

सामाजिक विभेद विरुद्ध टंक बुढाथोकीले ‘मन बिनाको धन ३’ गीत ल्याएको छ । स्वरमा टंकलाई बाल गायक अशोक दर्जीले साथ दिएका छन् ।

‘मन बिनाको धन ३’ मा शब्द, संगीत, एरेञ्ज, मिक्सिङ र मास्टरिङ टंक बुढाथोकीकै छ । भुपेन्द्र तुम्वापेको छायाँकन रहेको भिडियोमा टंक र अशोक फिचर्ड छन् ।

टंक र अशोककै सहयकार्य रहेको मन बिनाको धन ठुलो र दोश्रो श्रृंखला सफल भएका छन् ।

Related Articles

Back to top button