vada
News

बिहेमा फैलियो कोरोनाः बेहुलाको मृत्यु, बेहुलीसहित परिवारका ९ जना संक्रमित

एजेन्सी । स्वास्थ्य मापदण्ड पालना नगरी गरिएको विवाहवाट फैलिएको कोरोनाका कारण बेहुलाको निधन भएको छ भने बेहुली सहित ९ जना संक्रमित भएका छन् । बिवाह भएको केही दिनमै वेहुलालाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । विवाहमा स्वास्थ्य मापदण्ड पालना गरिएको थिएन ।

भारतको उत्तर प्रदेश फिरोजबादमा भएको यो घटनामा बेहुलाको उपचारका क्रममा निधन भएको छ भने बेहुली सहित ९ जनालाई कोरोना पुष्टि भएको छ । विवाह भएको १० दिनमै बेहुलाको निधन भएको हो । बेहुलीसहित परिवारका ९ जना सदस्य कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ ।

यी दुईको १० दिन पहिले बिहे भएको थियो । भारतको उत्तर प्रदेशको फिरोजाबादका बेहुलाको ४ डिसेम्बरमा मृ त्यु भएको थियो । समाचार एजेन्सी पीटीआइका अनुसार बेहुलालाई ज्वरो र सास फेर्न समस्या भइरहेको थियो तर कोरोना परीक्षण गराइएको थिएन ।

बेहुलाको मृ त्यु भएपछि शंका लागेर पूरै परिवारको कोरोना परीक्षण गराउँदा ९ जना संक्रमित भेटिए । मुख्य चिकित्सा अधिकारी डा। नीता कुलश्रेष्ठका अनुसार युवकको २५ नोभेम्बरमा बिहे भएको थियो । बिहेलगत्ते युवकको स्वास्थ्य बिग्रियो र ४ डिसेम्बरमा मृ त्यु भयो । परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर राखिएको छ । शिविरमा सम्पर्कमा आएकाहरुको पहिचान गरेर जाँच गरिने डा। कुलश्रेष्ठले बताइन् ।

Related Articles

Back to top button