vada
News

बजाजका मोटरसाइकल किन्नेलाई कम्पनीले ल्यायो नयाँ स्कीम

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्कीम ल्याएको छ । नयाँ सार्वजनिक भएको स्कीम अन्तर्गत ग्राहकले शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्न सक्नेछन् ।कम्पनीका अनुसार यस योजनमा मोटर साइकल किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजका कुनै पनि मोटर साइकल किन्न सक्नेछन् । ५० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले १८ महिनामा बाँकी किस्ता चुक्ता गर्नु पर्ने हुन्छ । यसमा कुनै व्याज नलाग्ने कम्पनीले जनाएको छ । यस योजना बजाजका सबै मोटरसाइकलमा लागु हुने कम्पनीले जनाएको छ भने बजाजको सबै आधिकारिक शोरुमबाट यो सेवा लिन सक्ने छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची : कम्पनीले अहिले नेपाली बजारमा प्लाटीना, डिस्कभर, पल्सर, एभेन्जर, डोमिनार सिरिजका विभिन्न १४ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा नै एसे म्वल हुँदै आएको छ ।कम्पनीले बजाज प्लाटीनाको नयाँ मूल्य १ लाख ७६ हजार ९०० रुपैयाँ, डिस्क भर १२५ ड्रमको १ लाख ९४ हजार ९०० र डिस्कभर डिस्कको २ लाख १ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ । पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९००, पल्सर १५० को २ लाख ६२ हजार ९००, पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर एनएस १६० एबी एसको मूल्य २ लाख ९५ हजार ९००, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ४२ हजार ९०० रुपैयाँ र पल्सर एनएस २०० एबीएस तथा एफ आईको ३ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ, एभेन्जर २२० को मूल्य ३ लाख ४८ हजार ९००, एभेन्जर १६० को ३ लाख २१ हजार ९०० र डोमिनार ४०० को मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

Related Articles

Back to top button
Close