vada
International

पढाइ छाडेर बिच्छी खोज्न थाले, त्यही बिच्छीले २५ वर्षको उमेरमै बनायो करोडपति

केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको विष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् । अहिले उनले १ ग्राम विषको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट विष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ । केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको विष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ ।

युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको विष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ । झट्का लाग्नासाथ उनीहरुको विष बाहिर आउँछ र यो विषलाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टअनुसार बिच्छीको एक ग्राम विषबाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (विष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको विषको परिमाणमा निकै सावधानी अपनाइन्छ ।

मोहम्मद हाम्दीले बिच्छीको यो विष युरोप र अमेरिकामा आपूर्ति गर्छन् । त्यहाँ यो विषको प्रयोग एन्टिभेनम औषधि र हाइपरटेन्सनको औषधि बनाउन गरिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टअनुसार अमेरिकामा मात्र हरेक वर्ष ८० हजार मानिसहरुलाई विषालु सर्प वा बिच्छीले टोक्छन् । यसरी टोकिएपछि ती बिरामीलाई तत्काल उपचारको आवश्यकता हुन्छ । यी बिरामीको उपचारमा विषबाटै बनाइएका एन्टिभेनम औषधि प्रयोग गरिन्छ ।

Related Articles

Back to top button
Close