vada
Video

चर्को बिरोधपछि लाईभ आईन् टीका सानू, कृष्ण कडेलले किन मागे माफी ? (भिडियो सहित)

कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी गायिका टिका सानु र इन्द्रेणीका संचालक तथा गायक बिच सामान्य विषयमा भएको कुराकानीको विषय सामाजिक संजालमा भाइरल बनेको छ । गायक तथा प्रखर वक्ता रमेश प्रसाईको विबाहमा जाने क्रममा हतारमा रहेका बेला कृष्णले कार्यक्रम सम्पादनमा केही त्रुटि भएको देख्न सकिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुटिगंको क्रममा भएको केही सामान्य बादविबादका केही दृश्यहरु सम्पादनमा समस्या भएका कारण टीका सानुको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । सो कार्यक्रममा टिकाले इन्द्रेणी र कलाकारहरु एक अर्काका परिपूरक भएको तर इन्द्रेणीले मात्रै नचिनाएको बताइन् । बिरोधले उग्र रुप लिदै गएपछि टिका सानु लाईभमा आएकी छन् । उनले कृष्ण कडेललाई पनि लाईभमा जोडेर यस बिषयमा बिस्तृत कुराकानी गरेकी छन् ।

टिकाले आफ्नो प्रतिभाका कारण पनि आँफु चलेको अभिब्यक्तिपछि कृष्णले इन्द्रेणीका कलाकारहरुले बाहिर बाहिर समय दिँदै हिँड्न थालेका कारण समस्या भएको उक्त कार्यक्रममा बताए । विवादपछि लाइभमा आएका कृष्ण र टिकाले आफुहरुमा कुनै समस्या नभएको बताएका छन् । लाइभमा कृष्ण र टिकाले यो विषयका कारण एक अर्काबिच समस्या नभएको र भोलीका दिनमा सँगै मिलेर काम गर्ने प्रतिवद्धता लाइभमा नै गरेका छन् ।

लाईभ भिडियो

Related Articles

Back to top button