vada
News

मृत्यु जितेर जब रियान मुस्कुराए, भेन्टिलेटरमा रहेकी आमाले पनि श्वास फेरीन्

काठमाडौ । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गम्भिर अवस्थामा उपचारका लागि ल्याइएका यि बालक मुस्कुराउन थालेका छन् । कञ्चनपुर कृष्णपुर नगरपालिका ९ राजघाटबाट जटिल अवस्थामा उपचारका लाग ल्याइएका रियान महराको स्वास्थ्यमा सुधार आएको हो । यता आमा कोभिड १९ को भ्यान्टिलेटरमा मृत्युसँग जुधिरहेकी थिइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आइसियुको विरामी कुर्ने हलमा देखिएकी रियानकी आमा दिपिका रोकाया र बाबु टेकबहादुर महरा त्यो रात निकै छटपटिए । भोलिपल्ट अप्रेशन रहेछ रियानको । त्यो दोस्रो अप्रेशन थियो । तर, दिपिकासँग पैसा थिएन । उनी फोनमा झुण्डदै इष्टमित्रसँग दयाको भीक माग्दैथिइन् । आँसुको भेल छुटाउँदैथिइन् । जब औषधी किन्ने पसलमा उनी पुगिन् र भोलि जसरी पनि पैसा दिन्छु भन्दै विलौना गर्न थालिन् तर उनको बिलौना कसले सुन्ने ?

उनले भनिन्–’अब यो कानको सानो रिङ बाँकी छ, छोराभन्दा यो ठुलो हुन्न । रिपोर्टर्स नेपाल डट कममा समाचार दिएपछि सहयोगी हातहरु बढ्न थाले । समाचारको प्रभाव देखियो । सहयोगको शुरुवातसँगै भेन्टिलेटरबाट आमालाई निकालियो ।

मृत्युमाथि जित भयो आमाको त्यही दिन । कोभिड भ्यान्टिलेटर वार्डका सुरक्षाकर्मीले ठट्टामा भनेका थिए, रियानको अप्रेशनका लागि के रकम जुटाइदिनुभएको थियो आमाले त भ्यान्टिलेटरको पाइप आफै फाल्नुभयो । संयोग हो या के हो रियानलाई सहयोग गर्नेहरुका विरामी धमाधम उठे । रियान जसरी नै उनीहरु मुस्कुराउने भएका छन् । रिपोर्टस् क्लव अनलाईनमा प्रकाशित समाचारको सम्पादित अंश ।

यतिबेला दश महिने बालक रियान महरा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको न्युरोतर्फको आइसियु वार्डमा छन् । उनको तेस्रो चरणको टाउकाको शल्यक्रिया सफल भइसकेको छ । अब चौंथो चरणको शल्यक्रिया सफल भएपछि उनी सामान्य अवस्थामा हुनेछन् । यसअघि तेस्रो चरणको शल्यक्रिया आर्थिक अभावका कारण रोकिएपछि समाजसेवी शोभा पाठकले सहयोग गरेकी थिइन् ।

Related Articles

Back to top button
Close