News

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

२४ साउन, बुटवल । रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको म´त्यु भएको छ । एकजना घाइते भएका छन् ।

लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृ´त्यु भएको हो ।

मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको सो कार गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएकोमा उपचारको क्रममा ३ जनाको मृ´त्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close