vada
News

रमेशको विवाहमा रवि लामिछानले दिए अचानक यस्तो ‘सरप्राइज’, कल्पनाले नाचेर उधुम मच्चाइन् (भिडियो हेर्नुस)

काठमाण्डौ । रमेश प्रसाईको विवाहमा अचानक रवि लामिछाने पुगेपछि त्यहाँको माहौल नै परिवर्तन भएको छ । टिभी पत्रकार रवि लामिछाने रमेश प्रसाईँको बिहेभोजमा सहभागि हुनकोलागी इटहरीमा पुगे । रमेशसंग अनायासै नाम जोडिएकी कल्पना पौडेल पनि विवाहमा पुगेर रमाइलो गरेकी छन् ।

रविलाई आफ्नो विवाहमा आएको खबर थाहा पाएर रमेश निकै खुसी भएका थिए । रविले रमेश र उनको पत्नी नन्दालाई विवाहको शुभकामना दिएर खादा लगाइदिए । रवि लामिछानेको उपस्थितिले मात्रै पनि रमेश र नन्दाको बिहेमा रमाइलो माहोल भएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रमेशसंगको सम्बन्धलाई लिएर अनेक चर्चा गरिएकी कल्पना उनको विवाहमा पुग्छिन् की पुग्दिनन् भन्ने पनि सबैलाई कौतुहलता थियो । कल्पनाले पनि रमेशको विवाहमा गएर रमाइलो गरेकी छन् । लामिछानेको उपस्थितिले मात्रै पनि रमेशको बिहेको रौनकतालाई बढाएको छ । कोरोना कालमा भएको बिहे भएको हुनाले रविले माक्स लगाएर रमेशको बिहेभोज खान इटहरी पुगेका छन् ।

आज मंसिर २२ गते । आजको दिन रमेश र नन्दाको लगनगाँठो कसिएको छ । आजको यो दिन रमेशका फ्यानहरुकालागी एउटा पर्खाईको दिन थियो । जुन आज पुरा भएको छ । आज रमेशले आफ्नी ३ वर्षदेखिको प्रेमीका नन्दालाई सधैं भरिकालागी आफ्नो जीवन संगीनी बनाएका छन् । रमेशको आज भएको बिहेमा देशका ठूला र दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।

Related Articles

Back to top button
Close