vada
News

मनोज गजुरेलको बिहे हुने भएपछि मिना ढकालले पनि खोजिन् केटा, लेखिन् यस्तो स्टाटस

आफ्ना पूर्वपति हास्य कलाकार मनोज गजुरेलको बिहे हुने थाहा पाएपछि मिनाले पनि बिहे गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले फेसबक मार्फत यस्तो चाहना ब्यक्त गरेकी हुन् ।

उनी फेसबुकमा लेख्छिन्, ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन ।’ उनको यो स्टाटस मनोज गजुरेलको अर्को बिहे हुने चर्चासँगै आएको छ ।

उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमतिसँग अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन् ।

उता गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताएका छन् । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ने भन्दै गजुरेलले समय आएपछि सबै कुरा सार्वजनिक गर्ने बताए ।

मनोजको बिहे हुने भएपछि एक डायलग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टाटसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो?’

Related Articles

Back to top button
Close