vada
Video

रमेश प्रसाइको विवाहमा रत्यौली खेल्न पुगीन् कल्पना, रातो साडी लगाएर गरिन् यस्तो रमाइलो (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाई इटहरीमा भइरहेको छ । केही दिन अघि इन्द्रेणीमा कल्पना दाहालसंग दोहोरी गाएपछि रमेश पनि चर्चामा आएका थिए । कल्पना र रमेशलाई कतिपयले जोडीका रुपमा पनि हेरेका थिए ।

उनीहरुले गीतमा गरेको रमाइलो र ठट्टालाई वास्तविकता ठानेर उनीहरुका फ्यानले वास्तविक जोडीका रुपमा हेर्न चाहेका थिए । तर रमेशले आफ्नो तीन वर्ष देखिको प्रेम बारेमा खुलासा गरेका थिए ।

उनले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आरोप समेत लगाएका थिए ।

कल्पना र रमेशले आफुहरुबीच प्रेम नभएको भन्दै स्पष्टिकरण दिएका थिए । रमेशको विवाहको लागि कल्पना पनि इटहरी पुगेकी छन् । उनले रमेशको विवाहमा रमाइलो गरेकी छन् ।

रमेशको तर्फवाट जन्तीका रुपमा गएकी कल्पनाले रत्यौली पनि गाएकी छन् । उनले गरेको रमाइलो अहिले भिडियो भाइरल भएको छ । उनले रमेशलाई विवाहको शुभकामना दिएकी छन् । उनी रमेशको विवाहमा जाँदा रमेशका साथी जिवनको विवाहमा पनि सहभागी भइन् ।

रमेशसंग नन्दाको चिनजान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदिएका थिए । भेट भएको केही समयमा रमेशले नन्दालाई विवाहको प्रस्ताव राखेको नन्दाले खुलासा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् ।

काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला धरान पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवरहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।

नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् ।

Related Articles

Back to top button
Close