vada
News

जव दुलही नलिई जन्ती फर्के, कारण यस्तो अचम्मको

खाना खराब दिएपछि दुलहीनै नलिई जन्ती फर्किएका छन् । दुईदिन अगाडि भारतमा खानाको विषयमा विवाद हुँदा दुलहीनै नदिएपछि जन्ती रित्तै घर फर्किएका हुन्।

युपीको अलिगढमा भएको विवाहमा खराब खानाको विषयलाई लिएर दुलाहा र दुलहीका बीचमा घमासान झगडा भएको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुबै पक्ष तयार नभएपछि घटना प्रहरीसम्म पुगेको हो ।

मेलमिलाप गराउन खोजेपनि दुबै पक्ष तयार नभएपछि बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैंया तिरेर जन्ती फर्किएका हुन् । घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको भएको हो। बुधबार स्थानीय युवतीसँग बिहेका लागि जन्ती गएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जन्तीको स्वागतपछि मध्यरात भोजन चलिरहेको थियो । त्यसैबेला दुलाहाका भाईले खानामा कमी भएको बताए । यो कुरा दुलहीका भाईलाई चित्त बुझेन । पहिले बेहुला र बेहुलीको भाईबीच बहस चल्यो, त्यसपछि दुबै पक्ष हात हालाहालको स्थितिमा उत्रिएका थिए ।

Related Articles

Back to top button