vada
News

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि

मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिला सशक्त हुने उल्लेख गर्दै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन् ।

सोही प्रश्नको जवाफ दिँदै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।

Related Articles

Back to top button