vada
News

सन्दीप लामिछाने भए कोरोना संक्रमणबाट मुक्त

काठमाडौं, १७ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन् ।

सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन् । सन्दीपले बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका थिए । यस्तै सन्दीप आइतबार ह्याम्स अस्पताल भर्ना भएका थिए ।

बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको हुन् । सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् । यसपटक सन्दीप होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने छन् ।

Related Articles

Back to top button