vada
Intresting

अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्

मानव शरीरको विकाससँगै युवावस्थामा अनुहारमा देखिने डन्डीफोरले धेरैलाई हैरान पारेको हुन्छ । कहिलेकाहीँ निद्रा नपुगेर पनि डन्डीफोर देखिने गर्छ । कसैलाई भने जति सुते पनि डन्डीफोर देखिन्छ ।

केही सजिलो उपायले नै अनुहारमा आउने डन्डीफोरबाट भने बच्न सकिन्छ । जान्नुहोस्‌ डन्डीफोरबाट कसरी जोगिने ?

– बिहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस् । तर, कुनै लेपनले भने तपाईंलाई एलर्जी बनाउन सक्छ ।

– अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस् ।

– प्रशस्त पानी पिउनुहोस । यसले डन्डीफोर आउनबाट रोक्छ ।

– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस् ।

– चिल्लो खानेकुराहरू कम खानुहोस् । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।

– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस् ।

– अनुहारमा घाम पर्न नदिनुहोस् ।

Related Articles

Back to top button